आइतबार, साउन २४, २०८३

निद्रा लाग्दैन ? यी ५ चिज खानुस्

स्वस्थ रहनका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ। चिकित्सकका अनुसार वयस्क मानिसलाई दैनिक कम्तिमा ८ घन्टा निद्रा आवश्यक पर्छ।
 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- स्वस्थ रहनका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ। चिकित्सकका अनुसार वयस्क मानिसलाई दैनिक कम्तिमा ८ घन्टा निद्रा आवश्यक पर्छ।

पर्याप्त निद्रा भएन भने काम गर्न मन नलाग्ने, टाउको दुख्ने, रिस उठ्नेलगायत समस्या देखिन सक्ने चिकित्सक बताउँछन्।

पछिल्लो समय मानिस निद्राप्रति सचेत भएका छन्। तर, कतिपय भने निद्रासम्बन्धी समस्याबाट पीडित छन्।

यहाँ राम्रोसँग निद्रा लाग्ने ५ खानेकुरा उल्लेख गरिएको छ।


सखरखन्ड

स्विट पोटेटो भनिने सखरखन्डमा पाइने पोटासियम, म्याग्नेसियम तथा क्याल्सियमले शरीरलाई आराम दिन्छ। दैनिक सखरखन्ड खाए राम्रोसँग निद्रा लाग्ने जानकार बताउँछन्।

पिस्ता

दिनमा एक पटक एक मुठ्ठी ड्राई फ्रुट्स (काजु, बदाम, पिस्ता तथा ओखर) खान आवश्यक हुन्छ। यसले शरीरलाई स्वस्थ बनाउँछ। यसमध्ये निद्राका लागि भने पिस्ता उपयुक्त हुन्छ। किनकि यसमा रहेको म्याग्नेसियम, प्रोटिन तथा भिटामिन बी ६ ले शरीरलाई आराम दिलाउँछ।

हर्बल टी

कतिपय मानिस दिनमा खाना खाइसकेपछि ग्रिन टी वा हर्बल टी पिउने गर्छन्। यसले नसालाई आराम दिन्छ। र, राम्रोसँग निद्रा लगाउन मद्दत पनि गर्छ । त्यसकारण अनिद्रासम्बन्धी समस्याबाट पीडितले सुत्नुअघि ग्रिन टी वा हर्बल टी खानुपर्ने जानकार सुझाउँछन्।

ओट्स

पछिल्लो समय दिउँसो खाजाका रूपमा ओट्स खाने चलन बढेको छ। यसमा रहेको मेलाटानिनले शरीरलाई आराम दिन्छ । र, निद्रा लगाउन सहयोग गर्छ ।

बदाम

बदामले पनि निद्रा लगाउन मद्दत गर्छ । यसमा रहेको ट्राइप्टोफेन तथा म्याग्नेसियमले मांसपेशी तथा नसालाई आराम दिन्छ ।

एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित: Nov 02, 2019| 09:47 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्