शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुवाखालबाट पक्राउ परेका मेजरलाई सेनाको जिम्मा लगाइयो

जुवाखालबाट पक्राउ परेका मेजरलाई सेनाको जिम्मा लगाइयो

जुवाखालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीमा कार्यरत नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनालाई बुझाएको छ।
 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- जुवाखालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीमा कार्यरत नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई प्रहरीले नेपाली सेनालाई बुझाएको छ।

शुक्रबार बेलुकी काठमा‌डौंको टोखा नगरपालिका-१० मा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका मेजर शाहीलाई थप कारबाहीका लागि नेपाली सेनाको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

शाही प्रधानमन्त्रीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी हुन्।

नेपाली सेनाले कर्तव्य ज्यान, लागुऔषधलगायत गम्भीर किसिमका अपराधबाहेक अरु अभियोग लागेका सैनिकलाई आफै छानबिन र कारबाही गर्ने कानुनी व्यवस्था छ।

अन्य जुवाडेलाई भने हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

टोखा नगरपालिका-१० मा सोमबहादुर दर्लामी मगरको घरमा जुवा खेलिरहेका बेला मेजर शाहीसहित घरधनी मगर, जीत गुरुङ, निराजन राणा, बुद्धिलाल मगर, किरणजंग शाह, धर्मराज शाह र काजी गुरुङलाई एक लाख ५९ हजार तीन सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको थियो।

प्रकाशित: Nov 02, 2019| 06:56 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।