बिहीबार, चैत १२, २०८२

रोटरीद्वारा २५ बालबालिकाको मुटुको शल्यक्रिया

रोटरी इन्टरनेशनलले नेपालका २५ बालबालिकालाई भारतका उत्कृष्ट अस्पतालमा निःशुल्क मुटुको शल्यक्रिया गर्ने व्यवस्था गरेको छ।
 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- रोटरी इन्टरनेशनलले नेपालका २५ बालबालिकालाई भारतका उत्कृष्ट अस्पतालमा निःशुल्क मुटुको शल्यक्रिया गर्ने व्यवस्था गरेको छ।

National life

रोटरी इन्टरनेशनलका प्रेसिडेन्ट शेखर मेहताले आर्थिक अभावका कारण मुटु रोगको उपचार गर्न नपाएका गरीब परिवारलाई रोटरीमार्फत जानकारी गराए भारतमा उपचारको व्यवस्था मिलाइने बताए।


रोटरीले विश्वका विभिन्न मुलकमा गरीबी निवारणलाई केन्द्रित गरी वित्तीय कोष परिचालन गर्दै आएको उनले जानकारी दिए। 

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले इन्टरनेशनलले विशेष गरी शिक्षा, स्वास्थ्य, मातृशिशु कल्याण, आर्थिक विकास तथा शान्तिका क्षेत्रमा केन्द्रित गरेर सहयोग गर्दै आएको उल्लेख गरे।

संसारबाट नै पोलियो उन्मूलन गर्न विश्वका विभिन्न २०० मुलुकमा आफ्नो अभियान जारी राखेको उल्लेख गर्दै उनले नेपालमा पनि पोलियो उन्मूलनका लागि सहकार्य गर्दै आएको बताए।
​​​​​​​
रोटरीको बोर्डले मेहतालाई इन्टरनेशनल प्रेसिडेन्टमा निर्विरोध चयन गरेको अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा कार्यक्रम संयोजक एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले रोटरीले देवघाटमा वृद्धाश्रम निर्माण कार्य अघि बढाइएको, बुटवलमा गौतमबुद्ध सामुदायिक अस्पताल नेपालको नै सबैभन्दा ठूलो मुटु रोगको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 02, 2019| 08:33 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्