शुक्रबार, साउन १, २०८३

नेपाली युवा टोली र एमसीसीको प्रतिष्पर्धा आज

नेपाली युवा क्रिकेट टोलीले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सामना गर्दै छ। ५० ओभरको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सामना गर्दै छ।

५० ओभरको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ।

एमसीसीका अनुभवी खेलाडीविरुद्ध मैदान उत्रिँदा नेपाली युवा टोलीको योजना खेल जित्नेभन्दा पनि अनुभव बटुल्ने रहने छ। एमसीसी भने नेपाली युवा टोलीमाथि सहज र फराकिलो जित निकाल्ने सोचका साथ मैदान उत्रिने छ।

एमसीसीमा टेस्ट र प्रथम श्रेणीको अनुभव बटुलेका खेलाडी छन्। एमसीसीमा इग्ल्यान्डबाट टेस्ट खेलेका टम वेस्टली, पाकिस्तानका तीनै वान डे, टि ट्वान्टी र टेस्ट खेलेका यासिर अराफात, कप्तान जिमी एडम्स र बिली गोडलेमान जस्ता खेलाडी छन्। यीबाहेक अन्यले इग्ल्यान्डबाट यु-१९ र प्रथम श्रेणी खेलेका छन्।

नेपाली टोलीको कप्तानी रित गौतमको सम्हाल्ने छन्।

नेपाली टोली

रित गौतम (कप्तान), लोकेशबहादुर बम, तीर्थराज दास, विशाल विक्रम केसी, खड्कबहादुर बोहरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान (विकेटकिपर), अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जि.सी. र गौतम केसी।

प्रकाशित: Nov 03, 2019| 03:05 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।