बुधबार, चैत ११, २०८२

श्रीलंकाविरुद्ध अष्ट्रेलियाको 'क्लिन स्विप'मा वार्नर नायक

अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ। शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो।

श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ४ बलमा ३ विकेट क्षतिमा पुरा गर्‍यो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५७ रन बनाए। सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वार्नरले यसअघि पहिलो खेलमा अविजित एक सय रन बनाएका थिए भने दोस्रो खेलमा पनि अविजित ६० रन जोडेका थिए।

यस्तै अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३७ तथा एस्टन टर्नरले अविजित २२ रन जोडे। श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले १/१ विकेट लिए। 

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। श्रीलंकाका लागि कुशल परेराले ५७ तथा अभिस्का फर्नान्डोले २० रन जोडे। भानुका राजपाक्ष भने १७ रनमा अविजित रहे। 

अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले २/२ विकेट लिए।

यसअघिको पहिलो खेलमा अष्ट्रेलियाले १ सय ३४ रन तथा दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो। 
प्रकाशित: Nov 01, 2019| 12:21 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।