शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक अनिर्णित, उम्मेदवार चयन गर्न फेरि बस्ने

नेकपा सचिवालय बैठक अनिर्णित, उम्मेदवार चयन गर्न फेरि बस्ने

आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिर्णित बनेको छ।
 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिर्णित बनेको छ।


बैठकमा मंसिर १४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु बारे छलफल भए पनि कुनै निर्णय हुने नसकेको सचिवालय स्रोतले जनाएको छ।


उम्मेदवार चयनका लागि नेकपाले आइतबार पुनः सचिवालयमा छलफल गर्ने भएको छ।


प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका बावजुद शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो।


त्यसअघि शुक्रबार ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।


अब आइतबार बस्ने सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिका प्रमुखको उम्मेदवार मात्रै तय गर्नेछ।


गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष प्रदेश कमिटीले र वडाअध्यक्षको उम्मेदवार सम्बन्धित जिल्ला कमिटीले तोक्ने मापदण्ड बनाइएको छ।

प्रकाशित: Nov 02, 2019| 08:12 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।