शनिबार, साउन ३०, २०८३

कपिलवस्तु घटनाका मुख्य आरोपी साह पक्राउ

 |  शनिबार, कात्तिक १६, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १६, २०७६

काठमाडौं- कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल साहलाई प्रहरीले पक्राउ गरेको छ।

बहादुरगञ्ज चन्द्रौटाको बीचमा स्थानीयको घरमा लुकेर बसेको अवस्थामा साहलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपशम्सेर जबराले जानकारी दिए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याईदै गरेको उनले बताए।

लक्ष्मीपुजाको मुर्ति विर्सजनमा विवाद सिर्जना गर्ने र झडपसम्मको अवस्था निम्त्याउने मुख्य व्यक्तिको रुपमा साहमाथि आरोप छ।

यसअघि, साहलाई पक्राउ गरी नियम अनुसार कडा कारवाही हुनुपर्ने मागसहित सांसद अभिषेक प्रताप साहले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए।

विवादले उग्ररुप लिएपछि कृष्णनगरमा कफ्र्यु लागेकै समयमा भारतीय नागरिक २० वर्षीय सुरज कुमार पाण्डेयको गोली लागेर मृत्यु भएको थियो।

 
प्रकाशित: Nov 02, 2019| 12:04 शनिबार, कात्तिक १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।