बुधबार, चैत ११, २०८२

लेभान्टेसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-१ ले पराजित भएको हो।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ।

National life

शनिबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-१ ले पराजित भएको हो। लेभान्टेको जितका लागि जोस कम्पाना, बोर्जा मायोरल र नेमान्जा राडोजाले गोल गरे।

बार्सिलोनका लागि कप्तान लिओनेल मेस्सीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १-० को अग्रता दिलाए।

दोस्रो हाफमा भने बार्सिलोना तीन गोल खान पुग्यो। ६० औं मिनेटमा लेभन्टेका जोसे काम्पानाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै बोर्जा मायोरलको गोलमा लेभान्टेले २-१ को अग्रता लियो। दोस्रो गोल खाएको केही मिनेटमा नै लेभान्तेले ३-१ को अग्रता लियो। फ्रिकिकमा क्लेमेन्ट लेङलेटले क्लियर गरेको बललाई नेमान्जा राडोजाले गरेको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भयो।

खेलको ७४ औं मिनेटमा मेस्सीले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन।

Laxmi sunrise bank
kumari

हारपछि बार्सिलोनाको ११ खेलबाट २२ अंक छ। लेभान्टे १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित: Nov 03, 2019| 02:42 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।