बर्दिवास -३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना१ज ५७४७ नं.को सुमो र स१०प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
ओमन र यूएईमा जारी टी–२० विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएको छ। बिहीबार राति भएको आफ्नो चौथो खेलमा श्रीलंकासँग २० रनको हार बेहोर्दै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको हो।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।