बुधबार, भदौ ३, २०८३

यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ। 

मधुमेह रोगीले सधै ग्लाइसेमिक कम भएका चिजको सेवन गर्नुपर्छ। चिकित्सकको सुझावअनुसार दीपावलीमा मधुमेहका बिरामीले बेसनको लड्‍डु सेवन गर्न सक्छन्। स्वास्थ्य विशेषज्ञका अनुसार ५० भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको मिठाईमधुमेह रोगीका लागि राम्रो मानिन्छ। बेसनको लड्‍डुमा ग्लाइसेमिक इन्डेक्स १० हुन्छ। त्यसैले मधुमेहका बिरामीले नियमित रुपमा बेसनको लड्‍डु खान सक्छन्।

मुङ दाल पनि मधुमेह रोगीका लागि राम्रो मानिन्छ। मधुमेह रोगीले दीपावलीमा मुङको दालको ढिँडो खान सकेछन्। गुङको लादमा ग्लाइसेमिक इन्डेक्स ३८ हुन्छ। त्यसैले मधुमेह रोगीले यसको नियमित सेवन गर्न सक्छन्। यो बनाउँदा चिनिको मात्रा भने आफ्नो आवश्यकता अनुसार निकै कम राख्नुपर्ने हुन्छ।

यसका साथै नरिवलको लड्‍डु पनि मधुमेह रोगीका लागि उपयोगी मानिन्छ। नरिवलको सेवन मधुमेह रोगीका लागि दाभदायक मानिन्छ। यसमा ग्लाइसेमिक इन्डेक्स ४२ हुन्छ। 

छोक्रा पनि मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ। छोक्रामा ग्लाइसेमिक इन्डेक्स ५० भन्दा कम हुन्छ। मधुमेह रोगीले छोक्राको बर्फी बनाएर खान सक्छन्।

प्रकाशित: Nov 05, 2021| 06:20 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।