काठमाडौं- नेपालका चार फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन्। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार नेपालका चार क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो।
एएफसीको फस्ट इन्स्टान्ट बडीले चार क्लबलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेपछि एएपसीले यो सिजनका लागि लागू गरेको हो। अब एएफसी लाइसेन्स पाउने नेपाली क्लब चार भएका छन्।
त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, एपीएफ क्लब र मनाङ मर्याङ्दीले अब एएफसीका क्लबस्तरिय प्रतियोगिता खेल्न पाउनेछन्। एएफसीको लाइसेन्स वितरण गरिने मूल समय सकिएपछि यी क्लबले लाइसेन्स पाएका हुन्।
त्यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को वर्ष नेपालको लाइसेन्स लागू गर्ने जनाएको छ।