सोमबार, असार २२, २०८३

टी–२० विश्वकपबाट बाहिरियो वेस्ट इन्डिज

ओमन र यूएईमा जारी टी–२० विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएको छ। बिहीबार राति भएको आफ्नो चौथो खेलमा श्रीलंकासँग २० रनको हार बेहोर्दै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको हो।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- ओमन र यूएईमा जारी टी–२० विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएको छ। बिहीबार राति भएको आफ्नो चौथो खेलमा श्रीलंकासँग २० रनको हार बेहोर्दै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले पुरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १८९ रन बनाएको थियो। जवाफमा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रनमात्र बनाउन सक्यो।

श्रीलंकाको जितमा चरिथा असलंका नायक रहे। उनले ४१ ब्लमा ६८ रन बनाएका थिए। उनीबाहेक पथुम निस्सान्कले ५१ रन बनाए भनवे कुशल परेराले पनि २९ रनको योगदान दिए।

वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई विकेट लिए भने ड्वेन ब्राभोले एक विकेट गिराए। जवाफी ब्याटिङमा वेस्ट इन्डिजका सिमरन हेत्मायरले ८१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। हेत्मायरबाहेक निकोलस पुरनले ४६ रन जोडे। अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गरेनन्।

श्रीलंकाका बिनुरा फर्नान्डो, चम्मिका करुणरत्ने र वानिन्दु हसरंगाले समान २–२ विकेट गिराए। वेस्ट इन्डिजले चार खेलमा २ अंक मात्र जोड्न सकेको छ। त्यसैले ऊ जारी विश्वकपको सुपर १२ बाटै बाहिरिएको छ।

यता पाँच खेलमा दोस्रो जित निकालेको श्रीलंका पनि विश्वकपबाट बाहिरिइसकेको छ। गएराति श्रीलंकाले आफ्नो अन्तिम खेल खेलेको हो भने वेस्ट इन्डिजको एक खेल बाँकी छ।

बिहीबार रातिको अर्को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो। समूह १ बाट इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। अब अस्ट्रेलिया र दक्षिण अफ्रिकामा एउटा टिम अर्को चरणमा पुग्नेछ। अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ६–६ अंक छ।

प्रकाशित: Nov 05, 2021| 07:58 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।