बुधबार, भदौ ३, २०८३

मोटरसाइकल चोर्ने ३ जना पक्राउ

उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

पर्सावीरगंज महानगरपालिका-१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका-१६ भानुचोकबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरुमा  वीरगंज महानगरपालिका-१५ ठेगाना भएका २२ वर्षीय कैलाश महत्तो, बारा कलैया उपमहानगरपालिका-४ ठेगाना भएका २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ ठेगाना भएका २० वर्षीय रविन कुमार साह रहेका छन्। 

भारत विहार भटकौल सक्रौल-९ बस्ने ६५ वर्षीय अरुण कुमार चौरसियाले कात्तिक १२ गते उक्त होटलको प्यासेजभित्र पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरी भएको उक्त मोटरसाइकलमा बा ८२ प ६४६० नम्बरको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित: Nov 05, 2021| 05:55 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।