नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ-४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई जिल्लाका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका हुन्।
पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो।
जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ। गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५०...
भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए।
ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिकालाई सामाजिक सुरक्षामा समेट्ने योजना सरकारले बनाएको छ।
गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द...
नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको अधिकांश काम वनको रूख कटानको आदेश नआउँदा प्रभावित बनेको छ।
वडा तहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडा स्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र सञ्चालन गर्ने भएको...