मंगलबार, वैशाख २२, २०८३

पशुपतिको जंगलमा शव फेला

काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं- काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि शरीर पूरै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जानकारी दिए।

National life

शव जलेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। शवनजिकै पर्सलगायतका सामग्री भेटिएकाले सोधपुछ भइरहेको प्रहरीको भनाइ छ।

शनिबार बिहान शव भेटिएको खबर आएपछि अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको एसपी कोइरालाले बताए।

शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएकाले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jan 14, 2023| 12:18 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।