मंगलबार, वैशाख २२, २०८३

दसगजामा समातिए राँगा चोर

मियाँको राँगा चोरी हुनासाथ तत्काल प्रहरी टोली, सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीयको सहयोगमा खोजतलास गर्दै जाँदा दसगजाबाट चोरसहित प्रहरीले फर्कायो राँगा।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं– झापाको झापा गाउँपालिका– ४ का स्थानीय अमालो मियाँको गोठमा बाँधिराखेका २ वटा राँगा चोरलाई टाघनडुब्बामा रहेको प्रहरी चौकीले नेपाल–भारत सीमा क्षेत्र दसगजाबाट पक्राउ गरेको छ।

National life

मियाँको राँगा चोरी हुनासाथ तत्काल प्रहरी टोली, सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीयको सहयोगमा खोजतलास गर्दै भारत ग्रामपञ्चायत धनतोला थाना डिगलबैंकका २२ वर्षीय मोहमद नजिर, सोही ठाउँ बस्ने २२ वर्षका आजाहार महमद, २० वर्षका इजाहुल हक र गोदालाई प्रहरीले पक्रिएको हो।

निजहरुले २ वटा राँगा लुकाइछिपाइ राखेको जानकारी पाउनासाथ टाघनडुब्बाका प्रहरी नायब निरीक्षकको टोली, जनप्रतिनिधि र स्थानीय भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजतलास गर्दा नेपालबाट चोरी लगेका राँगा फेला परेका थिए। 

प्रहरीले राँगा चोरीमा संलग्न मोहमद नाजिरलाई दसगजामा फेला पारी नियन्त्रणमा लिएको थियो। त्यसपछि  जिल्ला प्रहरी कार्यालय झापामार्फत चोरी शीर्षकमा मुद्दा दायर गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको बताएको छ।

प्रकाशित: Jan 14, 2023| 16:28 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।