मंगलबार, वैशाख २२, २०८३

क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई आग्रह

जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

खोटाङ- नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ।

National life

गृह मन्त्रालयबाट पुस २२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो। 

स्थानीय तहलाई लेखिएको पत्रमा व्यावसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन् भइरहेका छन् भन्ने यथार्थ विवरण ७ दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ। समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णय गरेको समितिले जनाएको छ।  

क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्यांकन गरे/नगरेको खुलाउन निर्देशन दिइएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए।

‘जिल्लाका अधिकांश क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन वातावरणीय प्रभाव मूल्यांकन नगरी सञ्चालन भएको पाइएको छ,’ उनले भने, ‘आगामी दिनमा नियमन गर्ने उद्देश्यले हरेक स्थानीय तहमा कार्यदल गठन गर्दै अनुगमनलाई चुस्त तथा दुरुस्त बनाउन पत्रमार्फत आग्रह गरिएको छ।’

जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने अहिलेसम्म कुनै निकायसँग यथार्थ विवरण भेटिएको छैन। जिल्ला प्रशासन कार्यालय खोटाङले पुस–२४ गते गृह मन्त्रालयमा पठाएको पत्रमा २ वटा क्रसर उद्योग सञ्चालनमा रहेको र एउटाले सञ्चालनका लागि अनुमति लिएको उल्लेख छ।

प्रकाशित: Jan 14, 2023| 09:12 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।