सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीलगायत केन्द्रीय नेतृत्वले आग्रह गरे पनि आकांक्षीबीच सहमति नहुँदा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिन लागेको हो।
ओलीको बोलीलाई नै विधिविधान मान्ने नेकपा एमालेमा विस्तारै ओलीको आदेश अस्वीकार गर्दै नेताहरु मैदानमा होमिन थालेका छन्। ओलीको पक्षका बलिया नेता सुवास नेम्वाङको निधनपछि ओली थप कमजोर बनेको आँकलन भइरहेको...
गत १७ जेठ २०८० मा भारत भ्रमणमा गएका प्रचण्डले मध्य प्रदेशको उज्जैनमा अवस्थित भगवान् शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरमा दूध चढाउनुका साथै गेरुवस्त्र धारण गरेर पूजाआजा गरेका थिए।
बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।
ललिता निवास प्रकरण
सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले आइतबार मात्रै आदेश जारी गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किर्ते मुद्दामा कारबाही नचलाउनुको कारण १५ दिनभित्र दिन माग गरेको छ।