आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री पक्राउपछि सिके राउतले भने -  सरकारले मधेसीलाई रंग विभेद गर्‍यो

मन्त्री पक्राउपछि सिके राउतले भने -  सरकारले मधेसीलाई रंग विभेद गर्‍यो

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन्।

National life

सोमबार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए। उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्‍नसमेत गरे।

उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रश्तावका रुपमा लैजाने बताए। उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए।

उनले भने, ‘यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो। अर्को कुनै मन्त्री समातेर देखाओस्। संयमता लिएको हो, उहाँहरुको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो। आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ?’

Laxmi sunrise bank
kumari

राउतले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ? भन्दै प्रश्न गरे। मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए।

प्रकाशित: Jan 01, 2024| 18:00 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्