बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

vianetvianet

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन्।

Kumaribank

तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विभिन्न जातजातिले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन्।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले  विज्ञप्तिमा जोड दिएका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: Dec 31, 2023| 11:07 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्