आइतबार, मंसिर २८, २०८२

आफ्ना मन्त्रीको बचाउ गर्दै अध्यक्ष नेपालले भने - सूचना अभावमा फसे

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।

National life

नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेकाले सो घटना घटेको चर्चा भईरहेका बेला उनको सो प्रतिक्रिया आएको हो।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यक्ता नभएको पनि बताए।

उनले भने, ‘बालकुमारीमा हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो। ठयाक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन। आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला। हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर। हामीमा बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन। त्यसपछि उहाँ(मन्त्री प्रकाश ज्वाला) सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ। त्यसमा फस्नुभएको हो।’

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए। अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरु जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए। अध्यक्ष नेपालले सो घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले पनि आत्मचिन्तन गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 01, 2024| 17:35 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्