आइतबार, असार १४, २०८३

देउवाले भने - नेपालका दलहरु मिलेको देखेर विदेशी छक्क पर्छन् 

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एकअर्काप्रति कडा प्रतिष्पर्धाकाबीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताएका छन्। काठमाडौंमा सोमबार मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

National life

सभापति देउवाले नेपालका राजनीतिक दलहरूको मेलमिलाप देखेर विदेशबाट आउने व्यक्तिहरु छक्क पर्ने गरेको बताए।

उनले भने, ‘हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिष्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन्। नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन्। एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिसहरू छक्क परेका हुन्छन्।’

उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए। सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन्।

उनले लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिए।   उनले भने, ‘अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ। लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र हो। लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। यसको विकल्प छैन। लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो। कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ।’

Shivam cement

सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए।

प्रकाशित: Jan 01, 2024| 17:18 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्