काठमाडौं- नेपाली कांग्रेसले आज ४८ औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ। पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायत नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा कांग्रेसले मनाउँदै आएको छ।
२०३३ पुस १६ गते झन्डै आठ वर्ष लामो भारत निर्वासनपछि कोइराला 'राष्ट्रिय मेलमिलापको नीति' लिएर स्वदेश फर्किएका थिए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा 'मेरा ९ दशकः पाँच राजा र पाँचपटक प्रधानमन्त्री’
पुस्तकका अनुसार उनको विश्वेश्वरराज संस्थाका लागि ज्यादै ठूलो डिपार्चर' थियो। 'बिपीले लिएको नीति उनकै जीवनकै पनि अकल्पनीय मोड थियो। सकारात्मक सोच लिएको भए त्यसबाट सबैभन्दा बढी लाभान्वित दरबार नै हुन सक्थ्यो तर नेपाली कांग्रेसलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ भन्ने मेरो मतविपरीत लागेको दरबारको एक समूह कम्युनिस्टलाई कजाएर अघि बढ्नुपर्छ भनेर लागिपरेको थियो। त्यही समूहको कोपभाजनमा पर्यो, बिपीको राष्ट्रिय मेलमिलापको नीति,' पुस्तकमा भनिएको छ।
दरबारको अनुदारवादी खेमाले उनको नेपाल आगमनलाई एउटा ढुंगाले दुइटा चरा मार्ने रणनीतिका रूपमा उपयोग गर्न चाह्यो- एकातिर बिपीलाई निषेध गर्ने र अर्कोतिर उदार धारका पञ्चलाई समाप्त गर्ने। यो रणनीतिअनुसार पञ्चायतका विभिन्न फोरमबाट नियोजित रूपमा बिपीलाई फाँसी दिनुपर्ने माग गर्न थालियो। यस्तो मागलाई विभिन्न फोरमबाट अघि बढाउने जिम्मेवारी अञ्चलाधीशहरूलाई दिइयो। अरू त अरू, सूर्यबहादुरकै धनकुटाको जिल्ला सभामा पनि उनको अनुपस्थितिमा केही युवा पञ्चलाई हौस्याएर फाँसीको माग गर्न लगाइयो। प्रचार भने 'सूर्यबहादुरले बिपीको फाँसीको माग गर्यो' भनेर गरियो।
'खासमा जिल्ला सभाको मिति तय भएपछि प्लेनमार्फत विराटनगर हुँदै धनकुटा जाने योजना बनाएको थिएँ तर तत्कालीन गृहमन्त्रीले कुनै पनि हालतमा सूर्यबहादुरलाई जिल्लामा जान दिनुहुन्न र उनकै अनुपस्थितिमा बिपीलाई फाँसी सजायको प्रस्ताव पास गर्नुपर्छ भन्ने योजना बुने। म नपुगेको भए जानीजानी फाँसीको पक्षमा रहेको प्रचार गर्ने मौका पाउँथे तर म रातारात मोटरबाटोबाट जिल्ला सभा हुने दिनको बिहानै विवेकले गरेका थिएनन् भन्ने मलाई राम्रोसँग थाहा थियो। तसर्थ जिल्लासभामा धनकुटा पुगेर भाग लिएँ। जिल्लासभामा विवाहलाई फाँसीको माग गर्नेहरूले आफ्नो आफ्नो पालोमा बोल्दा मैले स्पष्टसँग भनें, 'संविधानको मर्म र भावनाअनुसार गर्नुपर्छ। हाम्रो संविधानमा फाँसीको प्रावधान पनि छैन र राज्यले त्यस्तो उद्दण्ड र पञ्चायतको दायरालाई साँघुरो तुल्याएर उदारवादी सोच भएका राजनीतिकर्मीलाई कुनै ठाउँ नदिई पञ्चायतलाई अनुदारवादी मञ्चका रूपमा विकास गर्ने योजनामा लाई बिपीलाई फाँसीको माग गरिएको थियो।'
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्केका कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो।
राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।
शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।