आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुन-चाँदीको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

सुन-चाँदीको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

 |  आइतबार, चैत २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको छ। 

 गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 12, 2026| 11:48 आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्