नेपाली कथानक चलचित्र 'छक्का पन्जा ४' को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरअनुसार फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ।
हेमराज बीसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। आमा सरस्वती मुभिज र आइएइको प्रस्तुति रहेको फिल्म यही फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।