आइतबार, वैशाख २८, २०८२

बहत्तर सालको भूकम्पबारे अनुसन्धानात्मक पुस्तक विमोचन

राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहनमूर्ति पन्तद्वारा संयुक्तरुपमा पुस्तकको लोकार्पण गरिएको हो।
 |  शनिबार, माघ २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

vianetvianet

काठमाडौं- भूकम्पीय जोखिम क्षेत्रमा पर्ने नेपालले २०७२ सालमा अर्को महाभूकम्प झेल्नुपरेको थियो। त्यसमाथि धेरै चर्चा परिचर्चा चलेता पनि गम्भीर प्राज्ञिक विश्लेषण र त्यसले सिकाएका पाठहरु बारे हाम्रो मौलिक आवश्यकतामा केन्द्रित रहेर कमै वौद्धिक विमर्श भए।

triton college

यसै अवस्थालाई मध्यनजर गर्दै पब्लिकेशन नेपालयले सम्वन्धित विषयका विज्ञहरुको टोलीद्वारा संयुक्त रुपमा तयार पारिएको अनुसन्धानात्मक कृतिलाई नेपाली पाठकहरुमाझ प्रस्तुत गरेको छ।

तारानिधि भट्टराइ, निमानन्द रिजाल र किशोर थापाको संयुक्त कृति ‘बहत्तर सालको भूकम्प’ शनिबार बिमोचित भएको छ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहनमूर्ति पन्तद्वारा संयुक्तरुपमा पुस्तकको लोकार्पण गरिएको हो।

‘यो पुस्तकले हामी र हाम्रो कार्यप्रणालीमा रहेको कमी कमजोरीप्रति पनि आलोचनात्मक दृष्टि राखेको छ,’ विमोचनपछि ज्ञवालीले भने, ‘लेखकहरुको लेखकीय र प्राज्ञिक इमान्दारितालाई कदर गर्दै पुस्तकले उठाएका प्रश्नहरुलाई सकारात्मक रुपमा लिइनु जरुरी छ।’

National life insurance

कार्यक्रममा बोल्दै प्राध्यापक पन्तले प्रस्तुत पुस्तक हामीकहाँ र विश्वभर नै विगतमा गएका भूकम्पको अनुभवमाथि उभिएको र फेरि उस्तै जोखिम झेल्नुनपरोस भनेर लेखिएको स्पष्ट पारे।

प्राध्यापक पन्त सन् १९९५ मा जापानको कोबे सहरमा गएको भुइँचालोबारे गहन अध्ययन गरेका विज्ञ पनि हुन्।

‘जापानले भूकम्पीय बिपत्तीमा विज्ञ, जनप्रतिनिधि र प्रशासनलाई एकसाथ लिएर हिँड्नेगरेको छ,’ उनले भने, ‘त्यसले गर्दा नै त्यहाँ क्षतिलाई न्यूनीकरण गर्न संभवभएको हो।’

अनुभवबाट सिक्नुपर्ने यहि यथार्थलाई प्रस्तुत पुस्तकले उठाउने कामगरेको पन्तको निश्कर्ष थियो।

पुस्तकका लेखकहरुमध्ये तारानिधि भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन्। उनी त्रि–चन्द्र क्याम्पसमा २५ वर्षदेखि प्राध्यापनरत छन्। भूगर्भशास्त्र, विपद् व्यवस्थापन, दिगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरिरहेका उनले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा नेपालका प्रतिनिधिका रूपमा भाग लिई कार्यपत्रहरू प्रस्तुत गरेका छन्।

अर्का लेखक डा. निमानन्द रिजाल प्राविधिक शिक्षाविद् हुन्। उनले अफ्रिकी मुलुक बोत्स्वानामा करिब १७ वर्ष र नेपालमा १६ वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा योगदान दिएका छन्। हाल उनी काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा प्राविधिक शिक्षामा पाठ्यक्रम निर्माण विषयमा अध्यापनरत छन्।

त्यसैगरि तेश्रा लेखक किशोर थापा २०३१ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका र कालान्तरमा नेपाल सरकारका सचिव भइसकेका इन्जिनियर हुन्। सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग र निर्वाचन आयोगमा सचिवको जिम्मेवारी निर्वाह गरेका थिए।

पुस्तकका तीनैजना लेखकले ७२ सालको भूकम्पपछि गठिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यका रुपमा कामगरेका थिए। यसरी पुनर्निर्माणको क्रम चल्दा नीति निर्माणको प्रकृयामा पनि आफूलाई संलग्न गराउँदाको अनुभवलाई लिएरै संयुक्त रुपमा पुस्तक तयार पारिएको हो।      

यो पुस्तकले पुनर्निर्माणका क्रममा करीव ५ खर्ब खर्च गरी ६ बर्षको अवधिमा भएका महत्वपूर्ण र दूरगामी कामहरुको बारेमा प्रकाश पार्दै हामीले के सिक्यौ, के गुमायौ र भविष्यको पुस्तालाई के सन्देश छोड्दैछौ भन्ने कुराहरुलाई मूलभूत विषयकारुपमा उठान गरेको छ।

नेपालको भौगर्भिक बनावटको चर्चाबाट सुरुभएको पुस्तकमा भूकम्पका बारेमा विस्तृत परिचय, नेपालको भूकम्पीय इतिहास, ७२ सालको भुइँचालोको वैज्ञानिक विश्लेषण, उद्धार, राहत, क्षति र खोजीकार्य, राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण, जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, एकिकृत बस्तीको विकास, पुननिर्माणका सामाजिक तथा आर्थिक पक्ष, पुननिर्माणमा समुदायको भूमिका, दातृराष्ट्र र दातृ निकायको भूमिका, पुननिर्माण तथा पुनस्र्थापनाको अन्तर्राष्ट्रिय अनुभव, पुननिर्माणको अनुभव, सिकाइ र अगाडिको बाटो शिर्षकमा बेग्ला बेग्लै परिच्छेदहरुका साथ विस्तारमा ब्याख्या गरिएको छ।

शनिबारको समारोहमा लेखकहरुका तर्फबाट बोल्दै तारानिधि भट्टराइले ७२ सालको भूकम्पपछि विज्ञ प्रतिनिधि मण्डलमा रहँदाका अनुभवहरु सुनाएका थिए।

‘हामीमा अनभिज्ञताकै कारण भूकम्पबाट बढी क्षति झेल्नुपरिरहेको छ,’ उनले भने, ‘शिक्षा प्रणालीमै यसप्रति चेतना जगाउने सही सामग्री समावेश नगरिँदा अगाडिको बाटो पनि भयावह नै देखिन्छ।’

यस्तो अवस्थामा त्यो अनभिज्ञता निरन्तर नहोस् भन्ने आत्मानुभूतिले यो पुस्तक तयार पार्न घच्घच्याएको लेखक भट्टराइले स्पष्ट पारे।  

‘धेरैपटक महाभूकम्प झेलिसकेको हामीकहाँ फेरि पनि दोहोरिने अवस्था विद्यमान छ,’ पुस्तकका बारे पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यस्तोमा आम रुपमै यसबारे समझदारी विकास होस् भनेर सम्वन्धित विषयका विज्ञहरुको यो संयुक्त दस्तावेजलाई प्राथमिकताका साथ हामीले प्रकाशन गरेका हौं।’

तस्बिरहरु बाहेक चार सय ६ पृष्ठको यस पुस्तकको मूल्य ८ सय ७५ रुपैयाँ राखिएको छ। मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरुमा यसलाई उपलब्ध गराइएको छ।

प्रकाशित: Feb 11, 2023| 19:00 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।