सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले हर्क साम्पाङलाई भने- उट्पट्याङ कुरा नगर्नुस्, अब सँगै हिँड्नुपर्छ

प्रचण्डले हर्क साम्पाङलाई भने- उट्पट्याङ कुरा नगर्नुस्, अब सँगै हिँड्नुपर्छ

 |  आइतबार, वैशाख २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

vianetvianet

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङलाई आफूसँगै हिँड्न अनुरोध गरेका छन्।

triton college

माओवादीको भ्रातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई धरानमा सम्बोधन गर्दै प्रचण्डले साम्पाङलाई परिवर्तनका लागि माओवादीसँग हिँड्न आग्रह गरेका हुन्।

‘मैले हर्क साम्पाङलाई यसअघि नै लोकतन्त्रको सुन्दर फूल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईंले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयरजीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामीसँगै हिँड्नपर्छ,’ उनले भने।

माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने उनले बताए। प्रचण्डले भने, 'माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन बलियो हुन्छ भन्ने गल्ती नगरौं।’ उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्मसमीक्षा गरेर आएको बताए। आफू बालुवाटारमा भए पनि खुमलटारमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको उनले बताए।

अध्यक्ष प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए। उनले भने, ‘पहिचानका लागि हिजो सँगै लडेका थियौं । पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौं । एक पटक फेरि माओवादीलाई स्वीकार गर्नुस् ।’ अध्यक्ष प्रचण्डले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको पनि दोहोर्‍याए।
 

National life insurance

प्रकाशित: May 11, 2025| 15:19 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्