सोमबार, मंसिर २९, २०८२

सेहज र देबशिषको जोडी विजेता

भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं - भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीबाट वाक ओभर पाउदै पहिलो भए ।

दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट– १ का विजेता हुन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो बाइले भारतका सेहजलाई ०–६, ६–२ र ६–३ तथा भारतका प्रत्यशले भारतकै सर्किट– १ का विजेता देबशिषलाई ७–५ र ६–० ले हराउदै फाइनल भेट पक्का गरे ।

गल्र्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट– १ विजेता मार्तालाई ६–० र ६–१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६–२ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित: Feb 10, 2023| 20:57 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।