सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू २० महिला साफ च्याम्पियन्सिप: बल र टर्फ फरक पर्दा उपाधि जित्न नसकेको तर्क

यू २० महिला साफ च्याम्पियन्सिप: बल र टर्फ फरक पर्दा उपाधि जित्न नसकेको तर्क

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा पत्रकारहरुसँग कुराकानीका क्रममा गुरुङले आफ्नो टिम फ्लडलाइटमा खेल्नु परेको कारण जित निकाल्न नसकिएको बताएका छन्। साथै उनले प्रतियोगितामा प्रयोग भएको बल र टर्फ पनि फरक परेको कारण खेलाडीले खेल्न नसकेको बताएका छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– बंगलादेशको ढाकामा बिहीबार सम्पन्न भएको यू २० महिला साफ च्याम्पियन्सिपमा उपाधिको लक्ष्य राखे पनि नेपाल उपविजेता सीमित भएको छ। प्रतियोगिताबाट दोस्रो भएको मेडल लगाएर फर्किएका खेलाडीमाझ प्रशिक्षक याम प्रसाद गुरुङले प्राविधिक कारणले आफ्नो टिम विजेता बन्न नसकेको बताएका छन्।

National life

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा पत्रकारहरुसँग कुराकानीका क्रममा गुरुङले आफ्नो टिम फ्लडलाइटमा खेल्नु परेको कारण जित निकाल्न नसकिएको बताएका छन्। साथै उनले प्रतियोगितामा प्रयोग भएको बल र टर्फ पनि फरक परेको कारण खेलाडीले खेल्न नसकेको बताएका छन्।

नेपालमा हुँदा अभ्यासका क्रममा स्ट्रेचिङ बलबाट अभ्यास गरेको र प्रतियोगितामा पेस बल खेलाइएको उनले बताए। उनले भनेका छन्, ‘स्ट्रेचिङ बलमा अभ्यास गरेका हामीलाई त्यहाँ पेस बल खेलायो। ट्रफ पनि नेपालको जस्तो थिएन।’ नेपालको भन्दा ट्रफ र बल फरक रहेको पाएका उनले दुई टिमबीच तुलना गर्दा नेपाली टिमको टेक्निकल क्षेत्रमा बलियो रहेको दाबी गरेका छन्। उनले भने, ‘हामीले फ्लड लाइटमा अभ्यास नै गरेका थिएनौ। हामीले फ्लट लाईटमा खेल्नु परेर नतिजा फरक आयो।’

हिजो बिहिबार सम्पन्न फाईनल खेलमा आयोजक बंगलादेशसँग ३–० ले पराजित भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो। हारका बाबजुद पनि नेपालका नयाँ खेलाडीले प्रशस्त अनुभव बटुलेको उनले बताएका छन्। नेपाली टिमकी मिडफिल्डर कुशुम खतिवडा पहिलो खेलमा नै घाइते भएकी थिइन्। त्यसपछि केहि नयाँ खेलाडीले पनि अवसर पाएका थिए।

तर फाइनल खेलमा नेपालको डिफेन्समा अनुभवका कमी खेलाडीमा देखियो। उनीहरुले नियन्त्रणमा लिएको बल पनि क्लियर गर्न नसक्दा बंगलादेशका खेलाडीले आफूतिर लिएर प्रहार गरेपछि नेपालले पहिलो गोल बेहोरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलको ४२ औं मिनेटमा नेपाली डिफेन्सले गल्ती गर्न पुगेपछि गोलको सामना गरेको थियो।

Laxmi sunrise bank
kumari

डिफेन्समा तालमेल हुन नसक्दा पहिलो हाफको इन्ज्युरी समयमा नेपालले अर्को गोलको पनि सामना गरेको थियो। ‘फाईनल खेलमा नेपाली दर्शकलाई निराश बनाउन पुग्यौ । हाम्रो गम्भिर त्रुटी भनेको फ्लर्ड लाईटमा अभ्यास नगर्नु नै हो। बंगलादेशमा गएर चाहिँ फ्लर्ड लाईटमा खेल्नु पर्यो,’ गुरुङको प्रतिकृया छ, ‘फ्लर्ड लाईटमा खेलेको पहिलो खेल ३–१ ले हार्न पुग्यौ भने फाईनलमा ३–० को हार व्यहोर्न पुग्यौं।’

फाइनल खेलको पहिलो हाफमा बंगलादेशलाई गोल गर्न नदिने रणनीति भएको गुरुङले बताएका छन्। तर उनले भनेअनुसारको खेल भएन। पहिलो हाफमा नै नेपालले दुई गोलको सामना गर्यो। त्यसपछि आफ्नो रणनीति फेल खाएको उनको र्तक रहेको छ। यद्यपि खेल अगाडि फ्रेन्ड्ली म्याच एपीएफ र पुलिससँग खेल्दा प्रदर्शन राम्रो नै रहेको उनले बताए।

प्रकाशित: Feb 10, 2023| 16:01 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।