सोमबार, मंसिर २९, २०८२

आईसीसी महिला विश्वकप क्रिकेट आजबाट सुरु हुँदै

आईसीसी महिला टी २० विश्वकप आजबाट दक्षिण अफ्रिकामा सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने विश्वकप प्रतियोगिता आजबाट सुरु हुन लागेको हो।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– आईसीसी महिला टी २० विश्वकप आजबाट दक्षिण अफ्रिकामा सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने विश्वकप प्रतियोगिता आजबाट सुरु हुन लागेको हो। 

National life

आगामि फेब्रुअरी २६ तारिखसम्म हुने विश्वकपको पहिल खेलमा आज राति आयोजक दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्नेछ। यो खेल नेपाली समयअनुसार राति पौने ११ बजेबाट केप टाउनमा सुरु हुने आयोजकले जानकारी दिएको छ।

यसअघि सन् २०२० मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनलमा भने भारतलाई हराउँदै घरेलु टिमले उपाधि जितेको थियो। र, अष्ट्रेलिया विश्वकपको सबैभन्दा धेरै उपाधि जितेको देश पनि हो। आठ संस्करण सम्पन्न हुँदासम्म उसले पाँच उपाधि जितिसकेको छ।

अष्ट्रेलियाले पहिलो खेल भोलि राति पौने ११ बजे न्युजिल्यान्डविरुद्ध खेल्नेछ। तर भोलिको पहिलो खेलमा भने इंग्ल्यान्डले वेस्ट इन्डिजको सामना गर्नेछ।

महिला टी–२० क्रिकेट विश्वकपमा १० टिमको सहभागीता रहने गर्दछ। यि टिमलालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा अष्ट्रेलिया, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै, समूह बी मा इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज रहेका छन्।

प्रकाशित: Feb 10, 2023| 14:16 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।