सोमबार, मंसिर २९, २०८२

रोनाल्डोले पूरा गरे ५०० लिग गोल

बिहीबार रातिको खेलमा उनले साउदी प्रो लिगको क्लब अल नासरबाट ह्याट्रिकसहित चार गोल गर्दै लिगमा ५०० गोलको आँकडा पूरा गरेका हुन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– पोर्चुगलका फरवार्ड खेलाडी क्रिस्टियोनो रोनाल्डोले ५०० लिग गोल पूरा गरेका छन्। बिहीबार रातिको खेलमा उनले साउदी प्रो लिगको क्लब अल नासरबाट ह्याट्रिकसहित चार गोल गर्दै लिगमा ५०० गोलको आँकडा पूरा गरेका हुन्।

National life

उनले अल वेहदाको मैदानमा घरेलु टिमविरुद्ध खेलको २१ औं मिनेटमा पहिला गोल गरेका थिए। रोनाल्डोले ४० औं मिनेटमा दोस्रो गोल गरेका हुन्। पहिलो हाफमा दुई गोल गरेका उनले दोस्रो हाफमा पनि दुई गोल नै गरे।

खेलको ५३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका थिए। त्यस्तै, रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत अन्तिम गोल गरे। साउदी प्रो लिगको गएरातिको यो खेलमा उनले सबै गोल गरेका थिए।

यो जितसँगै अल नासर लिगको शीर्षस्थानमा रहेको छ। समान ३७ अंक भएको अल शबाब भने दोस्रो स्थानमा रहेको छ। १६ टिम सम्मिलत लिगमा अल नासरले १६ खेल पूरा गरेको छ।


प्रकाशित: Feb 10, 2023| 12:46 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।