सोमबार, वैशाख १४, २०८३

ट्याक्टर घरमाथि खस्दा एक जनाको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका-६, सुर्के चोकमा ट्याक्टर पल्टिएर च्यापिँदा एक वृद्धाको मृत्यु भएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- तेह्रथुमको म्याङलुङ नगरपालिका-६, सुर्के चोकमा ट्याक्टर पल्टिएर च्यापिँदा एक वृद्धाको मृत्यु भएको छ।

National life

हिजो बेलुका त्यहाँको वसन्तपुरबाट ग्यासको सिलिन्डर लिएर म्याङलुङ बजारतर्फ जाँदै गरेको को१त ५५३८ नम्बरको ट्याक्टर सडकछेउको घरमाथि पल्टिएको थियो। पैदलयात्री स्थानीय ६२ वर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएर अनियन्त्रित भई ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।

भान्साघरमा आगो तापिरहेकी ७६ वर्षीया हर्कमोती लिम्बू उक्त ट्याक्टरबाट च्यापिँदा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा तेह्रथुम  जिल्ला अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट घाइते भएका दलबहादुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 10, 2023| 09:53 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।