सोमबार, मंसिर २९, २०८२

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० को उपाधि

बंगलादेशको ढाकामा भर्खरै सम्पन्न चौथो संस्करणको यू–२० महिला साफ च्यान्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। फाइनल खेलमा नेपाललाई ३–० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– बंगलादेशको ढाकामा भर्खरै सम्पन्न चौथो संस्करणको यू–२०  महिला साफ च्यान्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। फाइनल खेलमा नेपाललाई ३–० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।

National life

घरेलु समर्थकको साथ पाएको बंगलादेशले वीर श्रेष्ठ सहिद सिपाही मोस्तफमा कमल रंगशालामा भएको खेलको पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा मैदान पसेकी १८ नम्बरकी खेलाडीले गोल गर्दै बंगलादेको अग्रता ३–० मा पुर्‍याइन्।

निकै प्रतिस्पर्धात्क खेलको पहिलो हाफमा दुवै टिमबाट राम्रो मुभहरु बनेका थिए। पहिलो हाफमा नेपाली फरवार्ड अमिषा कार्कीले केहि प्रहार गरे पनि गोल हुन सकेन। बरु खेलकाले ४२औं मिनेटमा बंगलादेशकी रोपाले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

साम्सुन्नहर जुनियरले खलको इन्ज्युरी समयमा अर्को गोल थपिन्। यो उनको प्रतियोगिताको पाँचौ गोलसमेत हो। नेपाली डिफेन्डरले बललाई नियन्त्रण गर्न नसक्दा नेपालले गोलको सामना गर्न पुगेको थियो।

दोस्रो हाफमा मैदान पसेकी उन्नती खातुनले पोस्ट नजिकैबाट गोल गरेकी थिइन्। नेपालले केहि अवसर पाए पनि गने गर्न सकेन्। सन् २०१५ बाट सुरु भएको प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुने गर्दछ। यसअघि यसको तीन संस्करण सम्पन्न भएका छन्। यसको अघिल्लो संस्करणमा पनि बंगलादेशले उपाधि जितेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 10, 2023| 08:05 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।