आइतबार, वैशाख २८, २०८२

निफको जुरी प्रमुखमा मजुमदार र डीन ली रान

निफ अध्यक्ष केपी पाठकका अनुसार फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान रहेकी छन्।
 |  बिहीबार, माघ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

vianetvianet

काठमाडौं- आगामी चैत आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको छ।

triton college

निफ अध्यक्ष केपी पाठकका अनुसार फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान रहेकी छन्।

प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन्। फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायकोआवाजको रूपमा स्थापित गरेका छन्। चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान रहेको छ । 

प्रेमेन्द्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताह लगायतका प्रतिष्ठित फिल्म महोत्सवहरूमा सहभागी भइसकेका लेखक हुन्। प्रेमेन्द्रले भारतमा बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात गरेका थिए, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ ।

यस्तै ‘इन्टरनेशनल स्कूल अफ बेइजिङ फिल्म एकेडेमी’की डीन लि रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन् । उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभवी छिन् । उनले चलचित्रसँग सम्बन्धित धेरै कार्यक्रमको प्रमुख आयोजकको रुपमा समेत अनुभव बटुलेकी छन्। 

National life insurance

लि रान सन् २०१४ देखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धा इकाईको निर्देशक, ०१५ मा प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि पहिलो राष्ट्रिय चलचित्र सप्ताहको कार्यकारी निर्देशक, २०१६ र ०१८ मा सिल्क रोड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धा विभागको निर्देशक, २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थी चलचित्र र भिडियो महोत्सवको कार्यकारी अध्यक्ष लगायतको जिम्मेवारीमा छिन्।

यसअघि ‘निफ’को जुरीमा फिचर फिल्मतर्फ अभिनेत्री प्रियंका कार्की र छोटा तथा डकुमेन्ट्री तर्फको जुरी कमिटीमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित भइसकेका छन्। यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार देखाइने आयोजकले जनाएको छ।


प्रकाशित: Feb 09, 2023| 18:05 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।