सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-२० साफ महिला च्याम्पियनसिप: फाइनलका लागि यस्तो बन्यो नेपाली टिम

यू-२० साफ महिला च्याम्पियनसिप: फाइनलका लागि यस्तो बन्यो नेपाली टिम

यो खेलका लागि नेपाली टिमको मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपालको प्लेइङ ११ को लिस्ट तयार गरेका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं– यू २० राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशको ढाकामा जारी यू २० साफ च्याम्पियनसिपको फाइनल खेलमा आयोजक बंगलादेशको सामना गर्दैछ। यो खेलका लागि नेपाली टिमको मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपालको प्लेइङ ११ को लिस्ट तयार गरेका छन्।

उनले भारतविरुद्धको खेलमा तयार पारेको टिममा कुनै खेलाडी परिवर्तन नगरिकनै आजको टिम घोषणा गरेका हुन्। उनले खेलअघिको पत्रकार सम्मेलनमा फरक रणनीतिका साथ खेल्ने बताएका थिए। रणनीति फरक हुने भए पनि खेलाडी भने पछिल्लो खेलमा भारतसँग खेलेकै खेलाडी रहेका छन्।

‘घरेलु समर्थकमाझ उनीहरूमा कन्फिडेन्स राम्रो छ। हामी फाइनलमा फरक रणनीति र फरक हिसाबले खेल्नेछौं। हामीले साफमा बंगलादेशको कमजोरी पत्ता लगाएका छौं,’ प्रशिक्षक गुरुङले भनेका थिए।

यअघिका खेलमा अन्जली चन्द, प्रिति राई, अमिषा कार्कीले गोल गरिसकेका छन्। उनीहरुले भारतविरुद्ध गोल गरेका थिए। त्यस्तै भुटानविरुद्धको खेलमा त अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन्। वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा यो खेल आज साँझ पौने ६ बजेबाट सुरु हुनेछ।

नेपालको प्लेइङ सेटमा गोलकिपर कविता विके, कप्तान प्रिति राई, कुमारी तामाङ, मनमाया दमाई, अमिषा कार्की, दिपा शाही, प्रतिक्षा चौधरी, सविना चौधरी, अन्जली चन्द, ममता पुनः र तुलशा बोहरा रहेका छन्।

नेपाली टिमः

गोलकिपरः कविता विक, सावित्री किशन र लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, रकुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द


प्रकाशित: Feb 09, 2023| 16:50 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।