सोमबार, मंसिर २९, २०८२

ए डिभिजन लिगमा एउटा क्लबले पाँच विदेशी खेलाडी राख्‍न पाउने

अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार क्लबहरुसँग बैठक गर्दै यस्तो निर्णय गरेको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं – आगामी फागुन १९ गतेबाट काठमाडौंमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा एउटा क्लबले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार क्लबहरुसँग बैठक गर्दै यस्तो निर्णय गरेको हो।

National life

उसले बिहीबार १४ क्लबसँग छलफल गरेको थियो। नेपाली राष्ट्रिय टिमका सदस्यसिहित ए डिभिजनका धेरै खेलाडी रोजगारीका लागि विदेशीरहेको अवस्थामा ए डिभिजनल क्लबले विदेशी खेलाडीको कोटा थप गर्न माग गरेका थिए। अब नियम अनुसार क्लबहरुले पाँच जनासम्म विदेशी खेलाडी क्लबमा राख्ने पाउने छन्। तर एक पटकमा चार जनालाई मात्र खेलाउनु पर्ने छ।

क्लबले चार मात्र विदेशी खेलाडीले प्लेइङ ११ मा खेलाउन सक्ने भएको हो। यदी कुनै क्लबले पाँचै खलाडी नियुक्त गरेको अवस्थामा एक विदेशि खेलाडी बेञ्चमा बस्नुपर्ने छ। पछिल्लो एक वर्षभन्दा कम समयमा ३० भन्दा धेरै नेपाली फुटबल खेलाडी विदेशिएको तथ्यांक रहेको छ। नेपालमा फुटबल गतिविधि नभएपछि र खेल्ने वातावरण नभएपछि खेलाडी विदेशिएका हुन्।

यसरी खेलाडी विदेशिएपछि ए डिभिजन क्लबमा पनि अनुभवी खेलाडीको अभाव हुन थालेको छ। आगामि फागुन १९ गतेबाट सुरु हुने लिग डबल राउन्ड रोबिन शैलिमा हुनेछ। त्यसका लागि एन्फाले पाँचौ चरण सम्मको लिग तालिका सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Feb 09, 2023| 16:18 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।