काठमाडौं– काठमाडौंका तीन मैदानमा आयोजना हुने केपी ओली कपमा आठ टिमको सहभागिता रहने भएको छ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा आठ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा ए डिभिजन तयारी गरिरहेका मछिन्द्र क्लब, त्रिभुवन आर्मी, जावलाखेल, सातदोबाटो युथ क्लब, चर्च बोइज क्लब, एनआरटी र नेपाल पुलिस क्लबले सहभागिता जनाउने भएका छन्। फागुन ११ गतेबाट सुरु हुने प्रतियागितामा आयोजकले पनि एउटा टिम सहभागी गराउने भएको छ।
च्यासल रंगशालामा उद्घाटन हुने प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरु एन्फा कम्लेक्समा पनि हुनेछन्। प्रतियोगिताको फाइनल खेल भने १७ फागुन गते दशरथ रंगशालामा हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद पुरस्कार पाउँदा उपविजेताले पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउने आयोजकले जानकारी दिएको छ। विधागततर्फ उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीलाई पनि समान ५०–५० हजार पुरस्कार दिने आयोजनले जानकारी दिएको छ। हरेक खेलको विजेताले २५ हजार नगद पाउने छ।