शुक्रबार, फागुन १, २०८२

अल अहिलीलाई हराउँदै रियल मड्रिड क्लब विश्वकपको फाइनलमा

एसियाली क्लब अल अहिलीलाई हराउँदै स्पेनी क्लब रियल मड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- एसियाली क्लब अल अहिलीलाई हराउँदै स्पेनी क्लब रियल मड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ। प्रिन्स माउले अबेडेल्लाह रंगशालामा बुधबार राति सम्पन्न भएको खेलमा जित निकाल्दै रियलले फाइनलमा स्थान बनाएको हो।

National life

क्लब विश्वकपको गएरातिको खेलमा रियलले ४–१ को जित निकाल्दा भिनिसियस जुनियरले सुरुआति गोल गरेका थिए। उनले गरेको गोल पहिलो हाफको एकमात्र गोल थियो।

दोस्रो हाफमा रियलले तीन गोल थप्यो भने अलअहिलीले पेनाल्टीमार्फत् एक गोल फर्कायो। रियलका लागि फेडरेरिको भालभर्डे, रोड्रिगो र सर्जियो अरिबासले पनि गोल गरेका थिए।

अब फाइनलमा रियल मड्रिडले अल हिलालसँग खेल्ने भएको छ। हिलाले विश्वकपको सेमिफाइनलमा दक्षिण अमेरिकी क्लब फ्लेमिङ्गोलाई हराएको थियो। फाइनल खेल फेब्रुअरी १२ तारिखमा हुनेछ।

प्रकाशित: Feb 09, 2023| 08:50 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।