मंगलबार, वैशाख १५, २०८३

वन्यजन्तुबाट तरकारी जोगाउनै मुस्किल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

 दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्।  निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।

National life

निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन्। निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पुर्‍याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताए। उनले तरकारी जोगाउन खेतमा जाग्राम बस्न बाध्य भएको बताए।

विसं २०६३ देखि तरकारी खेती गर्दै आएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाए। “निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन्।” तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, “झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ।”

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए। “जंगलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ”, उनले भने “गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो।”

रानाले १५ कठ्ठामा खेती गर्दै आएका छन्। “तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु”, उनले भने, “वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ।”

kumari

यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताए। “यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ”, उनले भने, “अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ। ”

तरकारी खेतीबाट राम्रो आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताए। “खेती जोगाउन खेतमा बास बस्नुपर्ने बाध्यता छ निकुञ्जले सीमामा तारजाली लगाए पनि वन्यजन्तु आउन छोडेनन्”, उनले भने ,“खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्नुपर्छ।”

डेढ दशकदेखि तरकारी खेती गर्दै आएका यहाँका किसानले भारतबाट आउने तरकारी पनि चुनौती बनेको बताउँछन्। “भारतबाट आउने तरकारीमा विषादी हुन्छ हामी प्राङ्गारिक मलको प्रयोग गर्छौँ”, उनले भने, “भारतबाट आउने तरकारीका कारण धेरै वर्ष हाम्रो तरकारी खेर गयो।” रासस

प्रकाशित: Feb 09, 2023| 08:20 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।