मंगलबार, वैशाख १५, २०८३

हेल्मेटभित्र १८ लाख रुपैयाँ, दुई जना पक्राउ

हेल्मेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र दुई हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

वीरगञ्ज- हेल्मेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र दुई हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका १६ स्थित वीरगञ्ज रक्सौला सडकखण्डबाट दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

National life

भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित पक्राउ गरेको हो।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँसमेत फेला परेका थियो।

फेला पारिएको नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।

kumari

प्रकाशित: Feb 09, 2023| 08:10 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।