मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिकाइदिने भन्दै बोलाएर शिक्षकबाट विद्यार्थी बलात्कृत, शिक्षक पक्राउ

सिकाइदिने भन्दै बोलाएर शिक्षकबाट विद्यार्थी बलात्कृत, शिक्षक पक्राउ

रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

बुटवल- रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

National life

जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए।

उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Feb 09, 2023| 07:45 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।