मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा घरभित्रै पसेर भारतीय नागरिकले नेपालीमाथि गोली चलाए

सप्तरीमा घरभित्रै पसेर भारतीय नागरिकले नेपालीमाथि गोली चलाए

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकले घरभित्रै पसेर एक जनामाथि गोली प्रहार गरेका छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकले घरभित्रै पसेर एक जनामाथि गोली प्रहार गरेका छन्। ती व्यक्तिले प्रहार गरेको गोली लागेर एक वृद्ध घाइते भएका छन्।

National life

मंगलबार साँझ साढे ६ बजेतिर भारतीय नागरिकको गोली प्रहारबाट ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन्। पासमानको घरमै पसेर ती व्यक्तिले गोली प्रहार गरेको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए। 

गोली प्रहार गर्ने व्यक्ति भारतीय जाबेद भन्ने व्यक्ति रहेको र उनको खोजी कार्य भइरहेको छ प्रहरीद्ये जनाएको छ।

गोबरगाढा बस्ती भारतीय सीमासित जोडिएको छ। सो बस्तीका गाईभैँसी चोरी गरी भारततर्फ लैजाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीयले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए। 

ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले बस्तीमा फायरिङ गरी स्थानीयलाई कुटपिटसमेत गरेको खबर प्राप्त भएको प्रहरीको भनाइ छ।

kumari

प्रकाशित: Feb 09, 2023| 07:36 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।