मंगलबार, वैशाख १५, २०८३

लेनदेन मिलाउन अपहरणको नाटक गर्ने ६ जना समातिए

प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं– अपहरणमा परेको भनेर नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

National life

प्रहरीका अनुसार मंगलबार काठमाडौंको नैकापमा केही व्यक्ति अपहरणमा परेको भन्दै सूचना आएको थियो। तर, अपहरणमा परेका भनिएका व्यक्तिहरुले नाटक गरेको भेटिएको छ।

अपहरणको नाटक गरेको आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौंको चन्द्रगिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवनको भण्डारा राप्ती–५ घर काठमाडौंको नैकाप बस्ने ३३ वर्षीय दिलीप विक, सर्लाहीको बर्हथवा–६ घर भइ काठमाडौंको बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खानीखोला–१ घर भएका ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रेको बनेपा–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्बा र धादिङको थाक्रे गाउँपालिका–५ घर भइ काठमाडौंको कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्। 

अनुसन्धानका क्रममा उनीहरुले लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 


kumari

प्रकाशित: Feb 08, 2023| 18:08 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।