मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'शिक्षकले पिटेको पीर'मा विद्यार्थीले गरिन् आत्महत्या

'शिक्षकले पिटेको पीर'मा विद्यार्थीले गरिन् आत्महत्या

गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत सोनी राजवंशीले आत्महत्या गरेकी हुन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

झापाको गौरीगञ्जमा कक्षा ११ पढ्ने एक छात्राले आत्महत्या गरेकी छन्। शिक्षकले ती छात्रालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको विद्यार्थी तथा अभिभावकले बताएका छन्।

National life

गौरीगञ्ज माविमा कक्षा ११ मा अध्ययनरत सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। हिजो मंगलबार स्कुलबाट घर फर्केलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषित गरेको थियो। यही घटनालाई लिएर बुधबार बिहानैदेखि गौरीगञ्ज अशान्त बनेको छ।

प्रत्यक्षदर्शी विद्यार्थीहरूका अनुसार मंगलबार विद्यालयमा केटा साथीसँग बसेको निहुँमा शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए भने अर्का शिक्षक नितेश कटुवालले त्यसको भिडियो बनाएका थिए।

यही कारण सोनी आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तको छ। पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरूले आरोपित शिक्षक पक्राउको माग गर्दै बुधबार बिहान इलाका प्रहरी कार्यालयमा धर्ना दिएका थिए भने शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका थिए।

आरोपित शिक्षकलाई पक्राउ गरी अहिले इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

kumari

प्रकाशित: Feb 08, 2023| 14:56 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।