मंगलबार, असार ३०, २०८३

चार जना मृत फेला

सल्यान, संखुवासभा, मोरङ र सिन्धुलीमा गरी चार जना मृत फेला परेका छन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- सल्यान, संखुवासभा, मोरङ र सिन्धुलीमा गरी चार जना मृत फेला परेका छन्।

सल्यान, कालिमाटी गाउँपालिका-४ लामितारा बस्ने ६० वर्षीय छबिलाल तारामी मगर सोही ठाउँस्थित शारदा नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। गत माघ ८ गतेदेखि घरबाट हराएका उनको इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला पारेको हो। 

संखुवासभा, भोटखोला गाउँपालिका-२ छुम्सुरस्थित निर्माणाधिन कोशी सडकमा सोही ठाउँमा काम गर्ने मकवानपुर बकैया गाउँपालिका-१ रजुवा बस्ने २२ वर्षीय प्रकाश गोले मंगलबार मृत अवस्थामा फेला परेका छन्।

मोरङ, विराटनगर महानगरपालिका-१७ गुद्रिस्थित सडक पेटिमा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय  पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुली, कमलामाई नगरपालिका-८ करकरेस्थित पुड्के दमार सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Feb 08, 2023| 14:01 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।