मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंसहित देशका छुट्टाछुट्टै चार स्थानमा आगलागी

काठमाडौंसहित देशका छुट्टाछुट्टै चार स्थानमा आगलागी

देशका विभिन्न चार स्थानमा आगलागी भएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- देशका विभिन्न चार स्थानमा आगलागी भएको छ। ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका-५ मानेभन्ज्याङ बजार बस्ने ६० वर्षीय रण बहादुर आले मगरको घरमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा घरभित्र रहेको काठपातलगायत अन्य सामानहरु समेत गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।  

National life

सप्तरी, सुरूङगा नगरपालिका-९ बैरबना बस्ने ६० वर्षीय बिन्देश्वर यादव र ४५ वर्षीय सैनी यादवको घरगोठमा सोही ठाउँ बस्ने ३५ वर्षीय वीरेन्द्र यादवले आगजनी गर्दा दुवै जनाको घर जलेर करिब १ लाख रुपैँया बराबरको धनमाल नष्ट भएको छ। आगजनी गर्ने वीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौं, काठमाण्डौं महानगरपालिका-१४ कलंकी सुनारगाँउस्थित गुल्मी तामघास नगरपालिका-२ घर भएका ३४ वर्षीय शिव वेलवासेलेको खाजा पसलमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन। 

यसैगरी काठमाडौं,  काठमाडौं महानगरपालिका-७ गौरिघाँट लाहुरोटोल डेरा गरी बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका ४५ वर्षीय कर्ण बहादुर चौलागाईको बा.८७ प६७८० नम्बरको मोटरसाइकलमा मंगलबार राति आगलागी हुँदा मोटरसाइकलको अगाडिको भाग र सिट पूर्ण रुपमा जलेर नष्ट भएको छ।   

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

kumari

प्रकाशित: Feb 08, 2023| 13:54 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।