मंगलबार, वैशाख १५, २०८३

नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको हो।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

धनकुटा- खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ। सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको हो।

National life

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो। कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ।

विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएको जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिए। लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिए।

चार  लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक (सम्फवेल) इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्याङ्कीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ।

आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव भएका तीन वडालाई सहयोग पुग्ने नगरका प्रमुख ध्रुव रायाले जानकारी दिए। रायाले भने, ‘यो खानेपानीले जनतालाई धेरै सहयोग पुग्नेछ।’ आयोजना निर्माण पूरा भएपछि मानवीय सरसफाइ, वस्तुभाउ तथा करेसाबारीमा तरकारी लगाउन सहयोग पुग्ने वडा नं ६ का अध्यक्ष नरबहादुर महतराले जानकारी दिए। अब वडावासीले खानेपानीको जोहो गर्न चिन्ता गर्ने दिनको अन्त्य हुने वडा नं ७ का अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए।

kumari

प्रकाशित: Feb 08, 2023| 06:15 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।