मंगलबार, वैशाख १५, २०८३

सीप सिक्दै, आत्मनिर्भर बन्दै म्याग्देका महिला

म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिकिन्। सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैँ उद्यमी बन्ने तयारीमा हुन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

तनहुँ- म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिकिन्। सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैँ उद्यमी बन्ने तयारीमा हुन्।

National life

‘अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले सीप सिकायो’, विकले भनिन्, ‘अब उद्यमी बन्ने सोचेको छु ।’ विकले घरमै यत्तिकै बस्नुभन्दा आयआर्जनतर्फ लाग्न सके आत्मनिर्भर बनिने उल्लेख गरे। 

सोही ठाउँ निवासी विष्णु श्रेष्ठ सीप सिकेपछि आयआर्जनतर्फ लाग्ने बाटो खुलेको बताउँछिन्। ‘तालिमले सीप सिकायो, अब सीपको सदुपयोग गरेर आत्मनिर्भरको बाटोमा अगाडि बढ्छु’, उनले भनिन्, ‘क्रिष्टलका गहना बनाएर बिक्री गर्न सकिए राम्रो आम्दानी हुन्छ ।’ श्रेष्ठले आफूहरूले उत्पादन गरेको गहना बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले उत्साह जागेको बताइन्। 

स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमका लागि माला बनाएर बिक्री गर्न सकिनेमा स्थानीयवासी शिवकुमारी राना विश्वस्त छिन्। ‘टोल–टोलमा कार्यक्रम हुन्छन्, त्यहाँ स्थानीयस्तरमै उत्पादित माला बिक्री वितरण गर्न सकिन्छ, यसले गर्दा आयआर्जन पनि हुने’, उनले भनिन्। 

आफूलाई आवश्यक परेको र प्रयोग गर्दै आएका सबै सामान आफैले बनाउन सक्ने भएपछि गङ्गा श्रेष्ठले अब सीपलाई निरन्तरता दिने बताए। ‘दुबोको माला, फाइवरको माला आफैले बनाउन सक्ने भएका छौँ। स्थानीय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने माला अब आफैँले बनाएर बिक्री गर्न सक्छौँ’, उनले भने। थोरै लगानीमा पनि व्यवसाय विस्तार गर्न सकिने भएकाले अब यसतर्फ लाग्ने उनले बताए। 

kumari

म्याग्दे गाउँपालिकाले यहाँका महिलालाई सीपमूलक तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका छन् । महिलालाई सीप सिकाइ आयआर्जनतर्फ लैजान खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘यहाँका महिलालाई मागका आधारमा सीपमूलक तालिम दिन थालेका छौँ’, उनले भने।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गाउँपालिकाले महिलालाई सीपमूलक तालिम प्रदान गरिरहेको फोकल पर्सन एवं अधिकृत प्रदीप न्यौपानेले बताए। उनका अनुसार घरायसी कामकाजमा व्यस्त रहने महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन सुरु गरिएको हो । ‘माग र आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ’, उनले भने, ‘यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौ।’

गाउँपालिकाले म्याग्दे–२ जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ । सो क्रममा १९ महिलालाई १५ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको छ । म्याग्दे गाउँपालिकाका श्रीप्रसाद श्रेष्ठले महिला सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताए। 

प्रकाशित: Feb 07, 2023| 22:00 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।