शुक्रबार, जेठ १९, २०८०

पौरखी नेपाललाई ६५ लाख सहयोग गर्दै मेटलाइफ फाउन्डेसन

यस कार्यक्रमअन्तर्गत पौरखीले यी महिलाको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्ने जनाएको छ। उक्त कार्यक्रमका लागि फाउन्डेसनले आजको विनिमयदरअनुसार ६५ लाख रुपैयाँ (अमेरिकी डलर ५०,०००) सहयोग गर्न लागेको हो।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

काठमाडौं- मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्दैछ। 

Everest Bank

यस कार्यक्रमअन्तर्गत पौरखीले यी महिलाको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्ने जनाएको छ। उक्त कार्यक्रमका लागि फाउन्डेसनले आजको विनिमयदरअनुसार ६५ लाख रुपैयाँ (अमेरिकी डलर ५०,०००) सहयोग गर्न लागेको हो। 

यस परियोजनाले चार क्षेत्रहरू: उद्यमशीलता, वित्तीय सेवामा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्नेछ। पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्‍याउन यसअभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन्। पौरखीका अनुसार यो परियोजना एमएस सी ग्लोबल कन्सल्टिङसँग समन्वय गरिएको छ। जुन बुटिक परामर्शदाता फर्म हो, जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिमा काम गरिरहेको छ। 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौती सामना गर्नु परेको बताए।

महिलालाई आफ्नो उद्यम निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्ट सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवा पहुँच गर्न सहयोग चाहिने उनको भनाइ छ। यो सहयोगले यी महिला उद्यमीलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। यस्तै फाउन्डेसनले महिला–नेतृत्व व्यवसायका लागी सहयोगको एक भागको रूपमा, फाउन्डेसनले पौरखी जस्तै साझेदारसँग काम गर्नका लागी तथा उनीहरुको क्षमता निर्माण गर्नका लागी मार्गदर्शन र वित्तीय सेवाको प्रावधानसँग काम गर्नेछ, जसले उनीहरुलाई सम्बन्धित कठिनाई पार गर्न मद्दत गर्ने जनाएको छ।

National life insurance
Metro Mart

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समतालाई अंगाल्ने विषयको समर्थनमा, मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला–नेतृत्व व्यवसायका महिलाका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसर निर्माण गर्ने लक्ष्य राखेको छ।


प्रकाशित: Feb 06, 2023| 08:45. 00 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्