सोमबार, पुस १४, २०८२

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

 |  बुधबार, असार १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्।

National life

जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमा अगावै असम्भव रहेको भन्दै राष्ट्रपति ट्रम्पले हाललाई कर वृद्धि गर्ने सम्भावनाबारे सोचिरहेको बताए।

अमेरिकी चामलको आयात स्वीकार गर्न जापानले अनिच्छा देखाएको र दुई देशबीचको सवारी साधनको व्यापारमा असन्तुलनको आलोचना गर्दै एयर फोर्स वानमा पत्रकारहरूसँग उनले भने, ‘मलाई विश्वास लागिरहेको छैन कि जुलाई ९ अगावै सम्झौता गर्नेछौँ।’

उनले सम्झौताको सम्भावनाबारे फेरि भने, ‘मलाई जापानप्रति शंका छ, तिनीहरू धेरै कठिन छन्।’ दर्जनौँ मुलुकविरूद्ध उच्चदर सार्वजनिक गरेका ट्रम्पले गत अप्रिलमा अधिकांश व्यापारिक साझेदारबाट आयातमा १० प्रतिशत कर लगाउँदै अधिकांश मुलुकविरूद्ध उच्च कर लगाउने घोषणा गरेका थिए।

उक्त घाेषणालाई  वार्ताका लागि ठाउँ दिन भन्दै पटक-पटक अन्य कर वृद्धिको घोषणालाई पछि सार्न सहमति जनाएका छन्। यो विराम जुलाई ९ मा सकिँदैछ, यसको अर्थ यदि देशहरूले वासिङ्टनसँग सम्झौता गर्न असफल भए भने उच्च दरहरू अर्को हप्तामा सुरु हुनेछन्।

Laxmi sunrise bank
kumari

बेलायतसँगको विस्तृत ढाँचा र चीनसँग अस्थायी रूपमा चर्को शुल्क घटाउने सम्झौतासहित अहिलेसम्म दुई वटा सम्झौता मात्र भएका छन्। ट्रम्पले जापानसँगको ‘ठूलो व्यापार घाटा’का कारण जापानलाई ३० प्रतिशतदेखि ३५ प्रतिशत वा हामीले निर्धारण गरे जस्तोसुकै संख्या तिर्न आग्रह गर्दै पत्र लेख्न लागेको बताए।

‘यो अमेरिकी जनताप्रति अन्यायपूर्ण छ’ उनले भन। एक प्रमुख अमेरिकी सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापान अधिकांश देशहरूमा लगाइएको समान १० प्रतिशत आधारभूत शुल्कको अधीनमा छ। साथै कार, इस्पात र आल्मुनियममा कडा करको अधीनमा छ।

टोकियोका व्यापारदूत रायोसी अकाजावाले गत महिना वासिङ्टनमा जापानी पत्रकारसँग कुरा गर्दै अमेरिकासँगको पाँचौँ चरणको वार्तामा केही प्रगति भएको बताएका थिए। व्यापारदूत अकाजावाले भने, ‘हामीले अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकेका छैनौँ।’ एएफपी

प्रकाशित: Jul 02, 2025| 19:29 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्